वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बन्यो : नैनसिंह महर
काठमाडौं – नेबिसघंका निवर्तमान अध्यक्ष एवं नेपाली काँग्रेस युवा नेता नैनसिंह महरले वर्तमान सरकार विदेशीको कठपुतली भएर काम गर्न थालेको आरोप लगाएका छन् ।
नेपाल स्वास्थ्य कर्मी संघको सातौं महाधिवेशन उदघाटन कार्यक्रममा नेता महरले देशको अस्मिता र अखण्डता जोगाउन काँग्रेसले सर्वदलीय संवाद शुरु गरेर जनता जगाउनु पर्ने समय आएको बताए।
‘लिपुलेक त्रिदेशीय सीमाक्षेत्रका सवालमा भारत र चीनले नेपाललाई कुनै जानकारी नदिई चोर बाटोबाट सम्झौँता गरेको कुराप्रति अन्धराष्ट्रवादका जगमा बनेको कम्युनिष्ट सरकारले चिनका राष्ट्रपति र भारतका प्रधानमन्त्री नेपाल आउँदा कुनै कुरा समेत उच्चारण गर्न नसक्नुले वर्तमान सरकार दलाली शैलीमा विदेशीको कठपुतली बनेको प्रष्ट हुन्छ।’, नेता महरले भने ।
नेता महरले शिक्षा र स्वास्थ्य पूर्णरुपले जनताको स्वामित्वमा ल्याए मात्रै उक्त विषय जनताको पँहुचमा आउने बताए । वर्तमान सरकार निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर विद्यार्थीबाट असुलिएरो थप शुल्क समेत फिर्ता गर्न सरकार भागिरहेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण