साग महिला फुटबल टोलीको घोषणा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रमुख प्रशिक्षक हरि खड्काले शनिबार २० सदस्यीय अन्तिम टोलीको घोषणा गरेका छन् ।
महिला टोली सागका लागि लामो समयदेखि तयारीमा रहेको थियो । प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोली तयार पारेको प्रशिक्षक खड्काले बताए । महिला टोलीले पोखरामा अभ्यास गर्दै आएको थियो । खेलाडीको प्रदर्शनका आधारमा टोलीमा समावेश गरिएको पनि बताए । सागमा महिला फुटबल पोखरामै हँदैछ ।
नेपाल महिला सागको अघिल्ला तीन संस्करणकै उपविजेता टोली हो । तीनवटै संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित बन्दै आएको छ । यसपटक नेपालले स्वर्ण जित्ने लक्ष्यका साथ तयारी गरेको प्रशिक्ष खड्काले दावी गरेका छन् ।
नेपाली टोली
गोलरक्षक – अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ
रक्षक – गिता राना, पुमना जर्घामगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा राना
मिडफिल्डर – रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन रविमला चौधरी
स्ट्राईकर– सवित्रा भण्डारी, निरु थापा र अनिता केसी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण