मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दराज अनलाइनको ११.११ सेल आज रातिदेखि सुरु हुँदै, जान्नुहोस् कसरी उठाउने फाइदा ?

आइतबार, २४ कात्तिक २०७६, ०९ : ४१
आइतबार, २४ कात्तिक २०७६

नेपालको बृहत अनलाइन शपिङ साइट दराजको संसारकै सबैभन्दा ठुलो सेल डे ११.११ सेल आज सुरु हुँदैछ । एक दिने सेल आयोजना आज रातको १२ बजेबाट सुरु हुनेछ ।

यो सेलअन्तर्गत दराजले भाउचरहरु, फ्लेश सेल, ३००० भन्दाबढि विक्रेतासँग मिली ३ लाखभन्दा बढि सामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु हुनेछन् । 

साथै उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, मेघा बैंक, स्ट्यान्र्डड चार्टर बैंक र एनआईसी एसिया बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन पेमेन्ट गर्दा थप २०% अथवा मेगा सेलमा ३,५०० सम्मको छूटको व्यवस्था गरिएको छ ।  

यस आयोजनामा उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरु पाउन सक्ने दराज अनलाइनले उल्लेख गरेको छ ।  जस्तै,  रेड्मी नोट ७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेछ । 

साथै सामसुङ, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वाशीङ मशीन, रुम ग्यास हिटर, आदि सामानहरुमा ठुलो छुट दिनेछन् । 

यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन् ।

ब्रान्डपिच्छे छूट फरक–फरक छन् तर उपभोक्ताहरुले ३० प्रतिशतदेखि लिएर ८० प्रतिशतसम्मकोे छूटको व्यवस्था रहेको छ ।  जस्तै, टाइटनका उत्पादनहरुमा २५ प्रतिशत को छूट; मन्त्रनाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा३५प्रतिशत छूट; भ्यान्सका उत्पादनहरुमा ५०प्रतिशत सम्मको छूट; आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० प्रतिशतसम्मको छूट र अन्य आर्कषक व्यवस्था रहेको छ । 

यो सेल २४ घण्टाको लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यसको पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपालभरीका उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक–फरक मूल्यमा पाउन सकिन्छ । 

उपभोक्ताहरुले बिक्रेताले दिएको मूल्य, बिक्रेताको रेटिङ्ग र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरे हुन्छ । भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।

यस सालको ११.११मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट ¥याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ । 

साथै दराज ले यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजाल मा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य विडियोहरुका साथैइन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप