‘सरौतो’ को प्रमोश्नल गीतमा ‘भिटेन’ को र्याप
काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले पहिलो पटक नेपाली फिल्मको गीत गाएका छन् । उनले मंसिर १३ मा रिलिज हुने फिल्म ‘सरौतो’को प्रमोशनल गीत गाएका हुन् ।
निर्माण युनिटले गीत भिडियोसहित सार्वजनिक गरेको छ । भिडियोमा भिटेन स्वयं देखिएका छन् । फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा समेत देखिएको गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ ।
गीतले ‘अन्यायको डटेर प्रतिवाद गर्नुपर्छ’ सन्देश बोकेको छ । रिलिजसँगै चर्चामा रहेको यो गीतले फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ । फिल्मको थिमअनुसार गीत तयार पारिएको निर्देशक हरि हुमागाईंले बताए ।
‘भिटेन’ केही पहिले गीत मार्फत अश्लिलता फैल्याएको आरोपमा पक्राउ परेका थिए । ‘सरौतो’मा सुमी र विजयका अलावा सन्नी सिंह, लियो ट्याँक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको अभिनय छ ।
विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मले बदलाको कथा बिषय बनाएको छ । फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण