शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘सरौतो’ को प्रमोश्नल गीतमा ‘भिटेन’ को र्‍याप

आइतबार, २४ कात्तिक २०७६, १४ : ३९
आइतबार, २४ कात्तिक २०७६

काठमाडौं । चर्चित र्यापर समिर घिसिङ ‘भिटेन’ले पहिलो पटक नेपाली फिल्मको गीत गाएका छन् । उनले मंसिर १३ मा रिलिज हुने फिल्म ‘सरौतो’को प्रमोशनल गीत गाएका हुन् ।

निर्माण युनिटले गीत भिडियोसहित सार्वजनिक गरेको छ । भिडियोमा भिटेन स्वयं देखिएका छन् । फिल्मका मुख्य कलाकार सुमी मोक्तान र विजय लामा समेत देखिएको गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ ।

गीतले ‘अन्यायको डटेर प्रतिवाद गर्नुपर्छ’ सन्देश बोकेको छ । रिलिजसँगै चर्चामा रहेको यो गीतले फिल्मको इनिसियल व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको छ ।   फिल्मको थिमअनुसार गीत तयार पारिएको निर्देशक हरि हुमागाईंले बताए । 

‘भिटेन’ केही पहिले गीत मार्फत अश्लिलता फैल्याएको आरोपमा पक्राउ परेका थिए ।  ‘सरौतो’मा सुमी र विजयका अलावा सन्नी सिंह, लियो ट्याँक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतमलगायतको अभिनय छ ।

विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्मले बदलाको कथा बिषय बनाएको छ ।  फिल्ममा अभिनेत्री सुमीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप