अक्षयकुमारको डेब्यु म्युजिक भिडियोले तहल्का
मुम्बई । बलिउड अभिनेता अक्षयकुमारका फिल्मले बक्स अफिसमा तहल्का पिटिरहेका छन् । अब उनले म्युजिक इन्डष्ट्रिजमा पनि तहल्का मच्चाउने भएका छन् ।
अक्षय अभिनित पहिलो म्युजिक भिडियो ‘फिलहाल’ रिलिज भएको छ । जसमा अक्षयको कृति सैननकी बहिनी नुपुरसँग रोमान्स देखाइएको छ ।
बी प्राकको स्वर रहेको गीत एक अधुरो प्रेमकथामा आधारित छ । जसमा दुई प्रेमी समाजले बनाएको नियमको कारण एक हुन सकेनन् ।
यो भिडियोको सुटिङ समयको तस्बिर पनि सोसल मिडियामा भाइरल भएको थियो । गीतले पनि रिलिज भएको १२ घन्टामा १५ मिलियन बढी दर्शक पाएको छ । भिडियोमा अभिनेत्री नुपूरको अभिनय समेत मन पराइएको छ ।
अक्षयले म्युजिक भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गर्दै लेखेका छन् ‘उद्योगमा यत्रो समय रहेपछि, मैले म्युजिक भिडियो डेब्यु गर्ने फैसला गरेँ ।’
अक्षय छिट्टै फिल्म ‘सुर्यवंशी’ र ‘गुड न्युज’मा देखिदै छन् । यसका अलवा उनको साथमा अन्य केही फिल्म पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण