युनाइटेडको सहज जित
म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा आन्द्रेयस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । अर्को एक गोल ब्राइटनबाट उपहार पाएको थियो । ब्राइटनका लेविस डन्कले सान्त्वना गोल फर्काए ।
आन्द्रेयसले १७औं मिनेटमा एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए । दुई मिनेट लगत्यै डेभी प्रोपरले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो । ६४औं मिनेटमा लेविस डन्कले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६६औं मिनेटमा रासफोर्डले मार्सियलको पासमा गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।
जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १२ खेलबाट १६ अंक बनाएको छ । ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ । लिगको अर्को खेलमा वल्भ्सले एस्टन भिल्लालाई २–१ गोलले हरायो । जितसँगै १६ अंक बनाएको वल्भ्स आठौं स्थानमा छ । ११ अंक बनाएको एस्टन भिल्ला १७औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण