युनाइटेडको सहज जित

म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा युनाइटेडले ब्राइटनलाई ३–१ गोलले हरायो । युनाइटेडको जितमा आन्द्रेयस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । अर्को एक गोल ब्राइटनबाट उपहार पाएको थियो । ब्राइटनका लेविस डन्कले सान्त्वना गोल फर्काए ।
आन्द्रेयसले १७औं मिनेटमा एन्थोनी मार्सियलको पासमा गोल गरेका थिए । दुई मिनेट लगत्यै डेभी प्रोपरले आत्मघाती गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो । ६४औं मिनेटमा लेविस डन्कले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६६औं मिनेटमा रासफोर्डले मार्सियलको पासमा गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए ।
जितसँगै युनाइटेड सातौं स्थानमा उक्लिएको छ । युनाइटेडले १२ खेलबाट १६ अंक बनाएको छ । ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ । लिगको अर्को खेलमा वल्भ्सले एस्टन भिल्लालाई २–१ गोलले हरायो । जितसँगै १६ अंक बनाएको वल्भ्स आठौं स्थानमा छ । ११ अंक बनाएको एस्टन भिल्ला १७औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल