दिवङ्गत जयललिताको जीवनमा आधारित फिल्मको शुटिङ सुरु, तीन भाषामा हुनेछ रिलीज
तामिलनाडुकी पूर्वसीएम तथा अभिनेत्री जयललिताको बायोपिक ‘थलाइवी’ को शुटिङ सुरु भएको छ । दिङ्गत जयललिताको बायोपिकलाई एएल विजयले निर्देशन गरिरहेका छन् ।
फिल्मको सुटिङ नोबेम्बर १० देखि सुरु भएको जानकारी फिल्मका प्रोड्युसर विष्णु इन्दुरी र शैलेष आर सिंहले इन्स्टाग्राममा सेयर गरेका छन् ।
फिल्मको मुख्य भूमिकामा अभिनेत्री कंगना रनौत छिन् । साथै उनको को–स्टार अरविन्द स्वामी रहेका छन् ।
फिल्मको शीर्षक हिन्दीमा ‘जया’ र तमिलमा ‘थवाइवी’ हो । फिल्ममा कंगनाले १०० जना डान्सरहरुसँग रेट्रो गीतमा शुटिङ गर्नेछिन् । जसलाई साउथ सिनेमाकी कोरियोग्राफर गायत्री रघुरामले निर्देशन गर्नेछन् । उक्त नृत्यको लागि कंगनाले नियमित रुपमा नृत्य सिकिरहेकी छिन् ।
थलाइवीको शुटिङ नोबेम्बरको पहिलो हप्ता सुरु हुनेछ । फिल्ममा तमिलनाडुका पूर्वसीएम एमजी रामचन्द्रनको भूमिका अरविन्दले निभाउने छन् ।
फिल्म तमिल, तेलुगु र हिन्दी भाषामा रिलीज हुनेछ । फिल्मको प्रोडक्सन विष्णु वर्धन इन्दुरी र शैलेष आर सिंहको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण