क्रिकेट टोली बंगलादेश प्रस्थान, को–को छन् नेपाली टोलीमा ?
बंगलादेशमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न नेपाली क्रिकेट टोली सोमबार ढाका प्रस्थान गरेको छ ।
प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले गत बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेको छ । पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने युईएमा हुने टी–१० लिग खेल्न जान लागेकाले टोलीमा छैनन् ।
प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्नेछन् । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् ।
समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् । नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
नेपालले नोभेम्बर १६ मा हङकङ र समूह चरणको अन्तिम खेल बंगलादेशसँग नोभेम्बर १८ मा खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । प्रतियोगितामा युएईले अन्तिममा नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।
नेपाली टोली
कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण