यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपालको लज्जास्पद हार
काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको भारत ‘सी’ सँग १० विकेटले पराजित भयो ।
जिमखाना मैदानमा नेपालले दिएको एक सय १५ रनको सामान्य लक्ष्य भारतले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो । भारतका लागि अर्जुन अजादले ६७ रन बनाए ।
दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२.१ ऋोभरमा सवै विकेट गुमाएर एक सय १४ रन बनाएको थियो । नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए ।
शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन बनाए । जनेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले दुई दुई विकेट लिए ।
भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको ‘ए’, ‘बी’ र ‘सी’ टोलीले भाग लिएका छन् । अब नेपालले दोस्रो खेलमा बुधबार भारत ‘ए’ र अन्तिम खेल शुक्रबार भारत ‘बी’ सँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण