आलम पक्षका वकिलको बहस : विना प्रमाण निर्दोषलाई फसाउन खोजियो
काठमाडौं – काँग्रेस सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलममाथिको बहस बुधबार पनि हुने भएको छ । आलममाथिसाबिक राजपुर फरदहवा गाविस– ४ स्थित पूर्व मन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटको घटनामा कर्तव्य ज्यानसहित तीनवटा कसुरका विषयमा बहस भइरहेको छ ।
सोमबार आलमकातर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी,सुनिल पोखरेल, योगेन्द्र बहादुर अधिकारी, कृष्ण घिमिरे भूषण र गोपाल कृष्ण घिमिरेले बहस गरेका थिए । प्रतिवादीका वकिलले प्रहरीको प्रतिवेदन , स्थलगत मुचुल्का, ठोस प्रमाण आलमविरुद्ध नरहेको, पहिलो स्थलगत मुचुल्का र पछिल्लो मुछिएकामा आलमको कतै संलग्नता न देखिएको तर्क गरेका थिए ।
‘संविधानसभाको उमेदवार रहेकोमा राज्यकोतर्फबाट ५ जना सुरक्षागार्ड बीच कसरी अपराध गर्छ ? बम कसले कताबाट ल्यायो ? जालाएर मार्ने योजना बनाएको कसले देख्यो ? बिना प्रमाण निर्दोषलाई फसाउन खोजियो भन्दै निर्दोष रहेकाले बाहिर राखेर मुद्दा चलाउनु पर्छ,’ उनीहरुले तर्क थियो ।
मृतक भनिएका ओसी महमदको श्रीमती अमना खातुनको निवेदन मिसिलमा राखियो र ओसीको आमा मृतक रुखदानाको घटनाको उजुरी पनि मिसिलमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण