स्पेनमा समाजवादी पार्टीको अग्रता
म्याड्रिड– प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ । निर्वाचनमा बक्स पार्टीले पहिलेकोभन्दा बढी सफलता पाउने अनुमान गरिएको छ ।
संसदीय निर्वाचनमा आएको नतिजाले फेरि एक पटक स्पेनमा सरकार गठनका विषयमा जटिलता रहने देखिएको छ । सोमबारसम्म देशभरको करिब ९० प्रतिशत मत गणना सकिएको छ । जसमा समाजवादी पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको छ । अप्रिलमा भएको निर्वाचनको तुलनामा समाजवादी पार्टीको सीट सङ्ख्यामा केही कमी आउने देखिएको छ ।
अप्रिलको निर्वाचनमा प्रधानमन्त्री साञ्चेजको समाजवादी पार्टीलाई ३५० सीटमध्ये १२३ आएको थियो । यसपटक उक्त सीटबाट केही गुम्ने आधार ९० प्रतिशत मत परिणाम घोषणा भइसक्दा देखिएको छ ।
स्पेनको अनुदारवादी पिपुल्स पार्टीले अप्रिलको तुलनामा केही सीट बढाउने देखिएको छ । अप्रिलमा १६.६९ प्रतिशत मत प्राप्त गरी ६६ सीट जित्न सफल भएको पिपुल्स पार्टीले यस पटक २०.८१ प्रतिशत अर्थात ८८ सीटको हाराहारीमा जीत हाँसिल गर्ने देखिएको छ ।
त्यस्तै वक्सले अघिल्लो निर्वाचनमा १०।२६ प्रतिशत मतसहित २४ सीट ल्याएर तेस्रो स्थानमा रहेकोमा यस पटक करिब पाँच प्रतिशत मत बढी (जम्मा १५ प्रतिशत) ल्याई करिब ५२ सदस्य जित्ने देखिएको छ । – सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण