स्पेनमा समाजवादी पार्टीको अग्रता

म्याड्रिड– प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ । निर्वाचनमा बक्स पार्टीले पहिलेकोभन्दा बढी सफलता पाउने अनुमान गरिएको छ ।
संसदीय निर्वाचनमा आएको नतिजाले फेरि एक पटक स्पेनमा सरकार गठनका विषयमा जटिलता रहने देखिएको छ । सोमबारसम्म देशभरको करिब ९० प्रतिशत मत गणना सकिएको छ । जसमा समाजवादी पार्टीले २८ प्रतिशत मत प्राप्त गरेको छ । अप्रिलमा भएको निर्वाचनको तुलनामा समाजवादी पार्टीको सीट सङ्ख्यामा केही कमी आउने देखिएको छ ।
अप्रिलको निर्वाचनमा प्रधानमन्त्री साञ्चेजको समाजवादी पार्टीलाई ३५० सीटमध्ये १२३ आएको थियो । यसपटक उक्त सीटबाट केही गुम्ने आधार ९० प्रतिशत मत परिणाम घोषणा भइसक्दा देखिएको छ ।
स्पेनको अनुदारवादी पिपुल्स पार्टीले अप्रिलको तुलनामा केही सीट बढाउने देखिएको छ । अप्रिलमा १६.६९ प्रतिशत मत प्राप्त गरी ६६ सीट जित्न सफल भएको पिपुल्स पार्टीले यस पटक २०.८१ प्रतिशत अर्थात ८८ सीटको हाराहारीमा जीत हाँसिल गर्ने देखिएको छ ।
त्यस्तै वक्सले अघिल्लो निर्वाचनमा १०।२६ प्रतिशत मतसहित २४ सीट ल्याएर तेस्रो स्थानमा रहेकोमा यस पटक करिब पाँच प्रतिशत मत बढी (जम्मा १५ प्रतिशत) ल्याई करिब ५२ सदस्य जित्ने देखिएको छ । – सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते