२ केजी चाँदीसहित भुटानी नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
मङ्गलबार, २६ कात्तिक २०७६, ११ : ५४
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी चाँदीसहित भुटानी नागरिक पक्राउ परेका छन् ।
ड्रुक एयरको उडानद्वारा भुटानतर्फ जान लागेका ५१ वर्षीय भुटानी नागरिक गारव दोर्जेलाई अवैध रुपमा भन्सार छली लैजान लागेको दुई केजी चाँदीसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्सरेमा स्क्रिनिङ गर्ने क्रममा राहदानी नम्बर जि १२८९३२ वाहक दोर्जेको साथमा रहेको ब्यागबाट ‘९९९’ लेखिएको विस्कुट आकारमा १४ वटा टुक्रमा रहेको उक्त परिमाणको चाँदी फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दोर्जेलाई बारमद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण