हायातको आगनमा ‘लभ डायरिज’को ‘छम छम छम’ गीत
काठमाडौं । प्रेमकथाको बिषयमा निर्माण भएको फिल्म ‘लभ डायरिज’को छायाँकन सकिएको छ ।
आइतबार चावहिलको चुच्चेपाटी स्थित होटल हायत रिजेन्सीमा ‘छम छम छम...’बोलको गीत छायाँकनसँगै फिल्म सकिएको हो ।
अर्जुन पोखरेलको शब्द र संगीत र दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर रहेको गीतमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, रुबिना थापा, विश्वजित रिमालसँगै टिकटकमा हिट जुम्लिया दिदीबहिनी प्रिष्मा र प्रिन्सी खतिवडाको समेत नृत्य रहेको छ । गीतको कोरियोग्राफी प्रविण सिंहले गरेका हुन् ।
निर्माण युनिटले छायाँकन सकिए लगतै फिल्मको रिलिज डेट पनि फगुन २ घोष्णा गरेको छ ।
प्रेमकथामा बनेको फिल्म भएकोले भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ मा प्रदर्शन गर्न लागिएको निर्देशक सौरभ चौधरीले बताए ।
फिल्मको केही पहिले ‘सुन्यौँ की सुनेनौँ’ बोलको रोमान्टिक गीत रिलिज भएको थियो ।
मधु बास्तोलाको लेखन र विनोद सापकोटा निर्माता रहेको फिल्मका सह निर्माता सरोज तुलाधर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण