फेरि पक्राउ परे हाइप्रोफाइल जुवाडे, सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने
मङ्गलबार, २६ कात्तिक २०७६, १३ : २१
काठमाडौँ । तिहारको समयमा राजधानीको महाराजगन्जबाट पक्राउ परेका २५ हाइप्रोफाइल जुवाडेमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनीहरुलाई सोमबार धरौटीमा रिहा गरेपनि सो लगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो ।
महाराजगन्ज प्रहरीबाट पक्राउ पर्नेमा क्यासिनो किङ भनेर चिनिएका बलराम सापकोटालगायत रहेका छन् ।
सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने देखिएले उनीहरुलाई फेरि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख बरामद गरेको थियो ।जुवाखालबाट बरामद भएको रकम अकुत सम्पत्ति रहेको हुनसक्ने आशंकामा अनुसन्धान हुन लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण