राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्छ: केसी
बुटवल– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष केसीले सो कुरा बताएका हुन् ।
अध्यक्ष केसीले भारतले नेपाली जमिन समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालका राजनीतिक दल एक ठाउँमा आउनु अत्यन्तै राम्रो पक्ष भएको बताए । अब जनता सचेत भइसकेकाले राष्ट्रिय हितविपरित जाने जोसुकै दललाई जनताले लोप्पा खुवाउने समेत उनले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतले हड्पेको नेपाली भूमि फिर्ता गर्नुपर्ने अहिले उत्तम समय भएको समेत बताए ।
कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएको बताउँदै उनले सुस्ता र मिचिएका अन्य भूभाग पनि फर्काउन पहल गर्नुपर्नेमा जोड दिए । उनले सरकारले जनअपेक्षाअनुसारको काम गर्न नसकेको आरोप समेत लगाए ।
अर्को प्रसंगमा अध्यक्ष केसीले वर्तमान सरकारलाई ढाल्नुपर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण