भिजिट नेपाल २०२० का लागि प्रदेश तीनको अग्रसरता, पर्यटन प्रबर्द्धनमा एक अर्ब ६५ करोड खर्च गर्ने
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को तयारीमा प्रदेश ३ सरकार लागिपरेको छ । सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने संघीय सरकारको तयारीमा प्रदेश सरकारले पनि प्रादेशिक स्तरबाट तयारी थालेको हो ।
मंगलबार ललितपुरमा ‘नेपाल भ्रमण वर्ष २०२० पूर्व तयारी भेला’ कार्यक्रम आयोजना गर्दै प्रदेश सरकारले भ्रमण वर्षका लागि प्रदेशले आफ्नो क्षेत्रबाट गरेको काम कारबाही र पर्यटन क्षेत्रमा गरिने नीति, कार्ययोजना तथा खाका प्रस्तुत गरेको छ ।
भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रदेश सरकार र केन्द्र सरकारले समेत त्यसको भरपुर फाइदा लिने गरी भव्य तयारी थालिएको प्रदेश सरकारले कार्यक्रम मार्फत जानकारी दिएको छ ।
कार्यक्रममा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्नमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न केन्द्र सरकारले सक्दो तयारी गरिरहेको र स्वदेशी तथा विदेशी निकायहरुसँग आवश्यक समन्वयन तथा सहकार्य गरिरहेको बताए ।
‘हामी भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा छौं । यसै अवसरमा २० लाख माथि पर्यटन भित्र्याउने लक्ष्य राखेका छौं । २० लाख मात्र होइन ३० लाख माथि हाम्रो टार्गेट हो । यस्तो अवस्थामा शंका गर्नु राम्रो होइन’ मन्त्री भट्टराईले भने, ‘देशमा यो छैन त्यो छैन भनेर बस्ने होइन । बरु राम्रो कुराको प्रचार गरेर पर्यटन आकर्षण गर्नतिर लाग्ने हो । हामीले धेरै कुरा सुधार गरिसकेका छौं । पर्यटक आगमनको मुख्यद्वारदेखि पर्यटन गन्तव्य, खानपान बसोबास र सुरक्षाको व्यवस्थापनमा समेत विशेष व्यवस्था मिलाइसकेका छौं । त्यसैले आत्तिनु पर्ने अवस्था छैन ।’
मन्त्री भट्टराईका अनुसार भिजिट नेपाल २०२० भनिएपनि एक दशक लामो पर्यटन प्रवर्द्धनको महाअभियानमा सरकार लागेको छ । अहिले १५औं पञ्चवर्षिय योजनामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले १५औं पञ्चवर्षिय योजना सम्ममा ३५ लाख पर्यटक भित्र्याउने छ । अहिले राष्ट्रिय ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशतको योगदान रहेको पर्यटन क्षेत्रलाई ५ वर्षको अबधिमा कम्तिमा पनि १० प्रतिशत पु¥याउने लक्ष्य पनि उनले बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तह, प्रदेश र संघीय सरकार तीनै तह मिलेर मात्र भ्रमण वर्ष सफल पार्न सकिने बताए । त्यसका लागि तीनै तहको सहकार्य, सहमती र ऐक्वेबद्धता आवश्यक रहेको उनको भनाइ छ ।
‘पर्यटन प्रवर्द्र्धनका लागि प्रदेश नम्बर ३ ले आर्थिक वर्ष २०७६÷७७ मा मात्र एक अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको छ । यसबाट समग्र प्रदेशको पर्यटन पूर्वाधार विकासमा काम हुँदै छ र कति कामहरु पूरा भइसकेका छन्’ मुख्यमन्त्री पौडेलले भने, ‘यो पर्यटन प्रवर्द्धनमा प्रदेश तीन कत्तिको जिम्मेवार छ भन्ने उदाहरण हो । प्रदेश सरकारको यस खालको तयारीमा संघीय सरकार र स्थानीय तहको समेत सहयोग हुनु आवश्यक छ । साथै निजी क्षेत्रकोे सहभागिता र सहकार्य विना पर्यटन वर्ष सफल हुन असम्भव छ ।’
भ्रमण वर्ष २०२० पूर्व तयारी बारे जानकारी दिदै प्रदेश सचिव शिव कुमार वाग्ले प्रदेश ३ ले मुख्य मुख्य १० वटा पर्यटन गन्तव्य र १० वटा हिल स्टेशनको तयारी गरेको जानकारी दिए । प्रदेश भित्रका ६६ वटै निर्वाचन क्षेत्रका विशेष पर्यटन क्षेत्रको सुधार तथा प्रवद्र्धनमा प्रदेश सरकार लागेको पनि उनले जानकारी दिए ।
पर्यटन वर्षकै लागि पदेश सरकारले चालु आर्थिक वर्ष एक अर्ब ६५ करोड बजेट छुट्याएको छ । गत वर्ष ३३ करोड मात्र बजेट छुट्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण