रगतले किन रातो भयो दक्षिण कोरियाली नदी ?
उत्तर र दक्षिण कोरियाली सीमा नजिकैको एक नदी सुँगुरको रगतका कारण पूर्ण रुपमा रातो भएको छ ।
देशमा अफ्रिकन स्वाइन फिवर फैलिने खतरा पैदा भएका कारण दक्षिण कोरियाली प्रशासनले यसलाई रोक्नका लागि ४७ हजार सुँगुर मार्ने आदेश जारी गरेको थियो ।
तर वर्षाका कारण सीमा नजिकैको डम्पिङ ग्राउन्डबाट रगत बगेर नजिकैको सानो नदी इमजिनमा मिसिन पुग्यो ।
अफ्रिकन स्वाइन फिवर अत्यधिक संक्रमित र निको नहुने रोग हो जुन सुँगुरलाई लाग्छ । यसमा संक्रमित सुँगुर बाँच्ने कुनै सम्भावना नै हुँदैन । यद्यपि, मानिसहरुलाई यसको कुनै खतरा हुँदैन ।
बगेको रगतका कारण अन्य जनावरमा पनि यो रोग लाग्ने खतरा पैदा हुनसक्ने आरोपलाई स्थानिय अधिकारीले अस्विकार गरेका छन् ।
सुँगुरलाई मार्नु अघि नै उनीहरुको संक्रमणको उपचार गरिएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

Photo: Getty Image
पूरा एशियामा फैलियोः
पछिल्लो सप्ताहन्तदेखि सुँगुरलाई मार्ने अभियान सुरु गरिएको थियो । तर अवशेषलाई दुबै कोरियाली सीमा नजिकैको डम्पिङ ग्राउन्ड नजिकै थुप्रै ट्रकभित्रै छोडिएको बताइएको छ ।
वास्तवमा यी गाड्नका लागि आवश्यक प्लाष्टिक कन्टेनर बन्न ढिलाइका कारण मरेका सुँगुरलाई तत्काल गाड्न नसकिएको बताइएको छ ।
दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिवरको संक्रमणबारे हालै पत्ता लागेको थियो ।
स्वाइन फिवरको पहिलो घटना उत्तर कोरियामा गत मे महिनामा पत्ता लागेको थियो । यो संक्रमण दक्षिण कोरियासम्म नपुगोस् भन्नका लागि सरकारले थुप्रै तरिका अपनायो । सीमामा बार पनि लगाएका थियो ।
दक्षिण कोरियाली सेनाले सीमामा असैन्य क्षेत्रलाई पार गर्ने कुनै पनि जंगली जनावर मार्ने अनुमती छ ।
तर यति गर्दा गर्दै पनि दक्षिण कोरियामा अफ्रिकन स्वाइन फिभरको पहिलो घटना सेप्टेम्बर १७ मा देखियो । अहिलेसम्म यहाँ १३ यस्ता घटना सार्वजनिक भइसकेका छन् । दक्षिण कोरियामा कूल ६ हजार सात सय सुँगुर फार्म छन् ।
यो रोग फैलिएपछि चीन, भियतनाम र फिलिपिन्ससमेत एशियाका थुप्रै देश प्रभावित भएका छन् । चीनमा मात्रै १२ लाख सुँगुर यसै कारण मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण