लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो, लिम्पियाधुराको प्रमाणहरु जुटाइँदै : मन्त्री अर्याल
वीरगञ्ज | भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सीमा नक्सा दुई देशको सहमतिमा बन्नुपर्ने बताएकी छन् । पर्साको वीरजञ्जमा आयोजीत पार्टी कार्यकर्ता भेटघाटमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
मन्त्री अर्यालले लिपुलेख, कालापानी नेपालकै नक्सामा राखिसकेको बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रालयले आयोजना गरेको आ.ब. ०७५⁄०७६ को वार्षिक प्रगति समिक्षा गोष्ठी एवं प्रदेशस्तरीय दुई दिने अन्तरक्रिया कार्यक्रमा सहभागी हुन मन्त्री अर्याल वीरगन्ज आइपुगेकी हुन् ।
भारतले नयाँ नक्सा निर्माणमा नेपालको लिपुलेख पनि उतै राखेको सन्दर्भलाई संकेत गर्दै मन्त्री अर्यालले भनिन्, ‘लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ । लिपुलेख र कालापानी नेपालको नक्सामा नै राखिसकियो ।’
आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताइन् । ‘यो सरकारले लिपुलेख, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उनले भनिन् ।
पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि अरुकोमा पार्न नदिंने उनको भनाइ थियो । मन्त्री अर्यालले भनिन्, ‘अझ केपी शर्मा ओली नेतृत्वको यो सरकारले यस्ता कुरामा कुनै खुट्टा कमाउँदैन ।’
लोकतन्त्रको प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडी बढिरहेको बताउदै मन्त्री अर्यालले भनिन् ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन । कामको प्रतिफल देखिने गरी काम गर्छ ।’
सरकारले गरेका राम्रा कामको भने सहि प्रचार हुन नसकोको उनको गुनासो छ । राम्रा कामको ठोस कुरा जतनामा लान पार्टी कार्यकर्तालाई उनले सुझाव दिइन् । सामाजिक सञ्जाल र बाहिर जता पनि प्रतिपक्षका मात्र कुरा आउँदा फिल्डजति सबै प्रतिपक्षलाई छाडेर चुप बसेको जस्तो देखिएको भन्दै कम्तिमा राम्रा कामको प्रचार गर्न पार्टी कार्यकर्तालाइ आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण