भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते
बुधबार, २७ कात्तिक २०७६, १३ : ३८
भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बाँसघारी नजिकै बुधबार टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा काभ्रे घर भई भक्तपुरको जगातीमा बस्दै आएका २३ वर्षीय सुमन तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा अस्पताल पठाइएको छ ।
बिहान साढे ७ बजे प्रदेश ३–०१–००३ क ४९३५ नम्बरको टिपर र बा८७प ३४७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण