गंगासागर तलाउमा धामी झाक्रीहरुको जलपुजन
जनकपुर–जनकपुरस्थित गंगासागर तलाउमा आज जलपुजन गर्नेहरुको भीड लागेको छ । पहेलो साडी र ब्लाउजमा सजिएका महिला र रातो– पहेलो धोती कुर्तामा सजिएका पुरुषहरुको भीड गंगासागरमा जलपुजन गर्नमा व्यस्त देखिन्छन् । पुरुषहरु हातमा बेंत नचाउँदै मधुर महराई गाउँदै गंगासागरमा जलपुजनसहित स्नान गरिरहेका छन् ।
गंगासागर तलाउमा देवी देवताको स्वागत गर्दै धामी झाक्रीहरुले स्नान गराउने तथा शिष्यहरुको स्नान गर्ने प्रचलन छ । धार्मिक किंवदन्तीअनुसार यो पर्वमा देवी देवतालाई सलामीस्वरुप सुपारी राखेर निम्तो दिई पुजा अर्चना गर्ने गरिन्छ । विभिन्न भाकलस्वरुप पैदल यात्रा गरी गंगास्नान गरे सिद्धि प्राप्त हुने धामी बच्चेलाल महतोले बताए ।

उनका अनुसार कार्तिक पूर्णिमाको दिन स्नान गर्दा सिकेको गुण स्थायी हुन्छ । गंगास्नान गर्दा धमार्वलम्बीहरुले मादल, करताल, झाइल, ढोल, पिपहीको सुरतालमा ज्ञान सिद्ध गर्ने गरेको स्थानीय रामसेवक यादवको भनाई छ ।
गंगासागरमा स्नान गर्न आएका धामीझाँक्रीहरु मन्त्र सिद्धिसँगै मठ मन्दिर दर्शन गरी जोडी परेवा उडाएर फर्किने चलन रहेको राम मन्दिरका महन्त राम गिरीले बताए । उनले कात्र्तिक पूर्णिमाको दिन कमला नदीमा डुबुल्की लगाए सिद्धि प्राप्त हुने तथा जनकपुरधास्थित गंगासागरमा स्नान र दर्शनपछि तन्त्रमन्त्र विद्यामा परिपूरण हुने दाबी गरे । ‘महराइ गीत’ गाएर मन्त्र सिकाउने धामीलाई स्थानीय भाषामा ‘भगता’ र तन्त्र मन्त्रको गुण सिक्नेलाई ‘कर्ता’ भन्ने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण