गंगासागर तलाउमा धामी झाक्रीहरुको जलपुजन
जनकपुर–जनकपुरस्थित गंगासागर तलाउमा आज जलपुजन गर्नेहरुको भीड लागेको छ । पहेलो साडी र ब्लाउजमा सजिएका महिला र रातो– पहेलो धोती कुर्तामा सजिएका पुरुषहरुको भीड गंगासागरमा जलपुजन गर्नमा व्यस्त देखिन्छन् । पुरुषहरु हातमा बेंत नचाउँदै मधुर महराई गाउँदै गंगासागरमा जलपुजनसहित स्नान गरिरहेका छन् ।
गंगासागर तलाउमा देवी देवताको स्वागत गर्दै धामी झाक्रीहरुले स्नान गराउने तथा शिष्यहरुको स्नान गर्ने प्रचलन छ । धार्मिक किंवदन्तीअनुसार यो पर्वमा देवी देवतालाई सलामीस्वरुप सुपारी राखेर निम्तो दिई पुजा अर्चना गर्ने गरिन्छ । विभिन्न भाकलस्वरुप पैदल यात्रा गरी गंगास्नान गरे सिद्धि प्राप्त हुने धामी बच्चेलाल महतोले बताए ।
उनका अनुसार कार्तिक पूर्णिमाको दिन स्नान गर्दा सिकेको गुण स्थायी हुन्छ । गंगास्नान गर्दा धमार्वलम्बीहरुले मादल, करताल, झाइल, ढोल, पिपहीको सुरतालमा ज्ञान सिद्ध गर्ने गरेको स्थानीय रामसेवक यादवको भनाई छ ।
गंगासागरमा स्नान गर्न आएका धामीझाँक्रीहरु मन्त्र सिद्धिसँगै मठ मन्दिर दर्शन गरी जोडी परेवा उडाएर फर्किने चलन रहेको राम मन्दिरका महन्त राम गिरीले बताए । उनले कात्र्तिक पूर्णिमाको दिन कमला नदीमा डुबुल्की लगाए सिद्धि प्राप्त हुने तथा जनकपुरधास्थित गंगासागरमा स्नान र दर्शनपछि तन्त्रमन्त्र विद्यामा परिपूरण हुने दाबी गरे । ‘महराइ गीत’ गाएर मन्त्र सिकाउने धामीलाई स्थानीय भाषामा ‘भगता’ र तन्त्र मन्त्रको गुण सिक्नेलाई ‘कर्ता’ भन्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्तिश्री परियारले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर