पेस्तोलसहित दुई पक्राउ
बिहीबार, २८ कात्तिक २०७६, ०९ : ४९
इलाका प्रहरी कार्यालय भण्डाराले स्वचालित पेस्तोल र पाँच राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरीका ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।
उनीहरुलाई राप्ती नगरपालिका–६ हर्दीबाट आज बिहान २ बजे पक्राउ गरिएको हो । बा८५प ८०८४ नंको मोटरसाइकलमा आएका उनीहरु शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले जाँच गर्दा मेड इन युएसए लेखिएको पेस्तोल र त्यसमा लाग्ने गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण