सरुवा गर्न खोज्दा कर्मचारीले मलाई थुक्छु भने : मन्त्री पण्डित
काठमाडौं । संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरुवाको विषयमा कर्मचारीहरुबाट आफूलाई धम्की आएको बताएका छन् ।
बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवा विधेयक’माथिको दफावार छलफलका क्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
सरुवा गर्न खोज्दा आफूलाई एक सहसचिव तहको कर्मचारीले ‘सबैभन्दा खराब मन्त्री’ भनेर ‘तलाई थुक्छु’समेत भनेको गुनासो उनले गरे ।
मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै कर्मचारी ऐन पनि परिवर्तन गरेर अघि बढ्नुपर्ने उनले बताए । उनले एउटा कर्मचारी वर्षमा दुई सय १० दिनसम्म विदेश भ्रमणमा गएको पाएको जिकिर गर्दै यस्तो कर्मचारी प्रशासनबाट काम नचल्ने बताए ।
छलफलका क्रममा सांसद जनार्दन शर्माले ज्येष्ठताको आधारमा भन्दा पनि कार्यक्षमताका आधारमा कर्मचारीको बढुवा गर्नुपर्नेमा जोड दिए ।
विधेयकको दफा २९ मा रहेको ‘कर्मचारीको कार्यक्षमताका आधारमा बढुवा’सम्बन्धी व्यवस्थामा बिहीबार छलफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण