नवनियुक्त उपकुलपति बास्कोटासँग नेविसंघले माग्यो ४ वर्षे मार्गचित्र
बिहीबार, २८ कात्तिक २०७६, १५ : १४
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा.धर्मकान्त बास्कोटासँग ४ वर्षे मार्गचित्र मागेको छ । बास्कोटा कात्तिक १८ गते त्रिविको उपकुलपति नियुक्त भएका थिए ।
उनको नियुक्तको दश दिनपछि नेविसंघ त्रिविका इकाइ अध्यक्ष हरि आचार्य नेतृत्वको टोलीले त्रिविको स्तरउन्नतीका लागि १५ दिनभित्र मार्गचित्र प्रस्तुत गर्न माग गरेको छ ।
यता लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन फागुन १४ गते हुने सुनिश्चिता सहित कार्यतालिका प्रकाशन गर्न नेविसंघले दबाब दिएको छ ।
विभिन्न ७ बुँदे माग राखेको नेविसंघ त्रिविले आफ्ना मागहरु पुरा नभए आन्दोलनमा उत्रिने चितावनी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण