नोबेलद्वारा निःशुल्क मधुमेह परीक्षण शिविर
मोरङ । विश्व मधुमेह दिवसको अवसर पारेर बिहीबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले दुई स्थानमा निःशुल्क मधुमेह परीक्षण एवम् परामर्श शिविर गरेको छ । मोरङको बेलवारी र नोबेल अस्पताल परिसरमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिएको हो ।
बेलवारी–१ स्थित जेष्ठ नागरिक समाजको भवनमा गरिएको शिविरमा १ सय ५० जनाको मधुमेह परिक्षण गरिएको छ । जसमध्ये करिव ७० जनामा मधुमेह रोग भेटिएको शिविरमा खटिएका डा.हिमलाल भण्डारीले जानकारी दिए ।
नोबेलका इण्डोक्राईनोलोजिष्ट डा.प्रताप रोय नेतृत्वको चिकित्सकहरुको टोलीले बिरामीको स्वास्थ्य परिक्षण गरेको हो । शिविरमा परीक्षणका लागि आएकाहरुलाई नोबेल मेडिकल कलेजका बिएसी नर्सिङ अध्ययनरत बिद्यार्थीहरुले श्रव्यदृष्यसहित मधुमेह रोगको बारेमा जानकारी गराएका थिए ।
यता, नोबेल शिक्षण अस्पताल र इन्टास फर्मासूटिकलको संयुक्त आयोजनमा नोबेल शिक्षण अस्पताल परिसरमा तीन दिने निःशुल्क मधुमेह परिक्षण शिविर भइरहेको छ । बुधबारबाट सुरु भएको शिविर शुक्रबारसम्म चल्नेछ । शिविरमा बुधबार १ सय ७२ र बिहिबार १ सय १८ जनाको मधुमेह परिक्षण गरिएको इन्टास फर्मासूटिकलका एरिया बिजनेस मेनेजर पंकज जैसवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण