नेप्से झिनो अङ्कले बढ्यो
काठमाडौं– बुधबार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर एक हजार १३५.९५ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ ।
नेप्से झिनो अङ्कले बढे पनि कारोवार रकम पनि औसतमा सीमित रहेको छ । कूल १६३ कम्पनीको आठ लाख ३३ हजार ८३१ कित्ता शेयर रु २२ करोड ८३ लाख ५७ हजार ४९३ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । होटल २.५८, विकास बैंक १.३६, अन्य १.२६ र लघुवित्त ६.७ विन्दुले ओरालो लागेको छ । यस्तै बैंकिङ १.३८, व्यापार २२.४४, जलविद्युत् ०.५६, वित्त ४.०४, निर्जीवन बीमा ८.७६, उत्पादन १.४१, जीवन बीमा १३.५९ र सामूहिक लगानी कोष ०.१५ विन्दुले बढेको छ ।
कारोबारका आधारमा आज एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड २९ लाख ६८ हजार ३७ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ३३ लाख ५८ हजार ५१३, हिमालयन डिस्टिलरी रु एक करोड ३१ लाख ८९ हजार ३००, एनआइसी एसिया बैंक रु ८७ लाख ७९ हजार ५९७, कृषि विकास बैंकको रु ७७ लाख ९९ हजार ४५७ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा पाँचथर पावर कम्पनी ९.६८, गुडविल फाइनान्स ६.९२, राधी विद्युत् कम्पनी ६.३८, दिव्यश्वरी हाइड्रो पावर ६.१२ र हिमालयन पावर पार्टनरका शेयरधनीले ५.९३ प्रतिशतले कमाए । त्यस्तै ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६६, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, रिडी हाइड्रो पावर ५.१२, सुमन्नत लघुवित्त वित्तीय संस्था ४.९१, पञ्चकन्या माई हाइड्रो पावर ४.५४ र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.७७ प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण