शिवम् सिमेन्टलाई राष्ट्रिय वाणिज्य बैंकले दियो एक करोड अनुदान
काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शिवम् सिमेन्ट लिमिटेडलाई एक करोड रुपैंयाको अनुदान सहयोग गरेको छ ।
मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार एक करोड रुपैयाँको अनुदान सहयोग रकमको चेक बिहिबार एक समाोहका बीच हस्तान्तरण गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शिवम् सिमेन्टका महाप्रबन्धक नवलकिशोर चौधरीलाई चेक हस्तान्तरण गरे ।
नेपाल सरकार र जर्मन सरकार बीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट कार्यकारी एजेन्सीको रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ ।
यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, सरस्वती अधिकारी,देवेश लोहनी, विभागीय प्रमुख विनयरमण पौडेल, शिवम सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु, केएफडब्लुका नेपाल प्रतिनीधि उर्जा विशेषज्ञ निरज सुवेदी, एडेल्फीका कन्सल्टैण्ट ज्ञानेन्द्र उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण