महरको प्रश्न : चार भाषामा मोदीलाई शुभकामना दिने ओली सीमा विवादमा किन मौन ?
कोहलपुर । काँग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकारले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई बिना कारण फसाउने काम गरेको बताएका छन् ।
कोहलपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा देशै भरी नेपाली काँग्रेसका यूवाहरुलाई अनावश्यक मुद्दामा फसाउँदै आइरहेको महरले आरोप लगाए । नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिकाका सभापति सन्दिपजंग शाहलगायलाई बिना कारण फसाउने काम भएको भन्दै सरकारविरुद्व देशव्यापी रुपमा आन्दोलन उनले चेतावनी दिए ।
निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रही रुपमा झुटा मुद्दा चलाएको विषयमा बाँकेका एसपी र डिएसपीको कुरा बाँझिएकाले घटना नियोजित भएको प्रमाणित भएको महरको भनाइ छ ।
केही समयअघि तरुण नेता शाहको गाडीमा पेस्तोल फेला परेको भन्दै प्रहरीले गैर न्यायिक तरिकाले नियन्त्रण लिई झुटा मुद्दा चलाई राजनीतिक प्रतिशोध साँध्न काम भएको उनको जिकिर छ ।
महरले कालापानी र लिपुलेखबारेमा भारतसँग प्रधामन्त्री ओलीले कुटनीतिक रुपमा कुनै पनि पहल नगरेको भन्दै महरले आक्रोश व्यक्त गरे । उन भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले सीमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकारकै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’
वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई नै खतरामा पारेको भन्दै सबै नेपाली जनता राष्ट्रियताका लागि एक हुन आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण