समृद्ध नेपाल निर्माणमा सघाउन राष्ट्रपतिको आग्रह
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माण गर्ने नेपालीको आकांक्षा साकार पार्ने दिशामा हरसम्भव सहयोग उपलब्ध गराउन अवैतानिक वाणिज्यदूतहरूलाई आग्रह गरेकी छिन् ।
नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को क्षेत्रीय सम्मेलन भाग लिन आएका अवैतनिक वाणिज्यदूतहरूसँग आज अपराह्न राष्ट्रपति कार्यालय, शीतल निवासमा भएको सामूहिक भेटमा उनले नेपालको प्रतिष्ठा वृद्धिमा वाणिज्यदूतहरूले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे ।
अवैतनिक वाणिज्यदूतहरू नेपालका विद्वत्वर्गमात्र नभएर नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गर्नुभएको एचसिसीएनका डीन प्रदीपकुमार श्रेष्ठले बताए ।
राष्ट्रपतिले एचसिसीएनका सदस्यहरूको परिचय समेटेर प्रकाशन गरिएको ‘ह्याण्डबुक’ को विमोचन गरे । डीन श्रेष्ठले एचसिसीएनका गतिविधिबारे जानकरी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण