इन्टरनेटले रेस्लर तथा अभिनेता रकलाई ‘मारेपछि’...
एक जमानामा ‘द रक’का नामले चर्चित रेस्लिङ खेलाडी तथा पछिल्लो कालमा लोकप्रिय एक्सन हिरोका रुपमा हलिउडमा स्थापित नायक जोनसनको इन्टरनेटले ‘हत्या’ गरेको छ ।
विश्वचर्चित सञ्चार संस्था विविसीको लोगोसहितको एउटा समाचार विभिन्न अनलाइनहरु तथा सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा एउटा खतरनाक स्टन्ट गर्ने क्रममा उनको मृत्यु भएको उल्लेख गरिएको छ ।
रोचक चाहिँ के छ भने सामाजिक सञ्जालमा उक्त खबरका साथ भिडियो पनि राखिएको देखाइएको छ, जसलाई खोलेर हेर्न खोज्दा सो समाचार सेयर गर्ने मेसेज स्वतः खुल्न जान्छ ।
वास्तवमा, द रक मारिएको खबर वास्तविक नभएर इन्टरनेटमा फैलिएको गलत हल्ला मात्रै हो । ४७ वर्षीय जोनसन त्यस्ता कुनै दुर्घटनामा नपरेको र उनी स्वस्थ एवं जीवितै छन् ।
त्यसो त हलिउडका नायक नायिकाहरु मरेका वा मारिएका यस्ता खबरहरु बारम्बार इन्टरनेटमा भाइरल हुने गर्छन् । हलिउडका अर्को चर्चित नायक सिल्भेस्टर स्टालोनलाई पनि इन्टरनेटले थुप्रै पटक प्रोस्टेट क्यान्सरको हवाला दिँदै मारिसकेको छ जबकि ७१ वर्षीय ती नायक त्यस्त कुनै रोगले पीडित छैनन् र उनी अझै पनि तन्दुरुस्त नै रहेका छन् ।
Photo: https://www.inquirer.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण