रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत
शुक्रबार, २९ कात्तिक २०७६, ०६ : ४९
पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ ।
उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योतिविरुद्धको मुद्दा अदालत नपुग्ने देखिएको हो ।
मल्लले ज्योतिबाट बैनाबापतको रकम पाइसकेको भन्दै बुधबार सरकारी वकील कार्यालयमा जाहेरी फिर्ता लिने भनेर निवेदन दिएका थिए ।
सरकारी वकील कार्यालयले बिहीबार नै यस विषयमा थप अनुसन्धानको प्रतिवेदन (मिसिल)लाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण