उच्च नाफा गरेका अधिकांश लघुवित्तले बढाए प्रतिसेयर आम्दानी
चुक्ता पुँजीका हिसाबले वाणिज्य बैङ्कभन्दा कम पुँजी भएका माइक्रो फाइनान्सको सेयरमा पहिलेदेखि नै आकर्षण रहेको पाइन्छ । ठूला बैङ्क तथा फाइनान्स कम्पनीहरुले प्रवाह गर्ने ग्रामीण तथा विपन्न वर्ग कर्जा पनि लघुवित्त बैङ्कमार्फत नै जाने हुँदा लघुवित्त बैङ्कहरुको ब्याज आम्दानी उच्च हुन्छ र यसबाट पाउने प्रतिफल पनि निकै राम्रो हुुने हुँदा लघुवित्त बैङ्कहरुको साधारण सेयरमा पनि लगानीकर्ताहरुको आकर्षण रहने गरेको हो ।
माइक्रो फाइनान्स तल्लो तहसम्मका जनतासँग प्रत्यक्ष जोडिन्छ । नेपाल राष्ट्र बैङ्कबाट घ’ वर्गका वित्तीय संस्थाको रूपमा इजाजत पाएका लघुवित्त कम्पनीहरुले अहिले चालू आर्थिक वर्ष (२०७६÷७७) को पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरिरहेका छन् । ३७ वटा लघुवित्त कम्पनीले वित्तीय अवस्था सार्वजनिक गरिसकेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तले आफ्ना लगानीकर्तालाई सेयर आम्दानी बढाएर आफ्ना सेयरधनीलाई खुसी बनाएका छन् ।
सबैभन्दा राम्रो सेयर आम्दानी मिर्मिरे लघुवित्तको छ । र्मिमिरेको पहिलो त्रैमासमा ६६.३७ रूपैयाँ प्रतिसेयर आम्दानी छ । र्मिमिरेले गत वर्षको यसै अवधिको तुलनामा २२ रूपैयाँ ४१ पैसाले प्रतिसेयर आम्दानी बढाएको हो । सबैभन्दा बढी प्रतिसेयर आम्दानी भएको फरवार्ड लघुवित्तको सेयर आम्दानी भने घटेको छ । गत वर्षको यसै अवधिमा १ सय ७ रूपैयाँ १८ पैसा प्रतिसेयर आम्दानी भएको फरवार्डको अहिले प्रतिसेयर आम्दानी १८.४५ पैसाले घटेर ८८ रूपैयाँ ८३ पैसामा झरेको छ ।
कुन लघुवित्त कम्पनीको प्रतिसेयर आम्दानी कति ?

लघुवित्तको नाफा उत्साहजनक
पहिलो त्रैमासमा लघुवित्त कम्पनीहरुले उत्साहजनक नाफा गरेका छन् । एनएमबी लघुवित्त, कालिका लघुवित्त, सूर्योदय लघुवित्त, जनसेवी, चौतारी, स्पर्शलगायत लघुवित्तले उल्लेख्य नाफा गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् । एनएमबीले १४ सय ३ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको यस अवधिमा १० लाख १७ हजार रूपैयाँ मात्र नाफा गरेको जनसेवीले अहिले १ करोड ५२ लाख ८६ हजार रूपैयाँ नाफा गरेको छ । कालिका लघुवित्तको ५०२ प्रतिशतले नाफा बढाएको छ । यसले ७४ लाख ८३ हजार नाफा गरेको छ । स्वावलम्बन लघुवित्तले १२ करोड २० लाख रूपैयाँ नाफा आर्जन गरेको छ । माहुली लघुवित्त र किसान लघुवित्तले भने नाफा घटाएका छन् ।
कुन लघुवित्तले कति नाफा गरे ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण