सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साझा प्रयास आवश्यक : मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सबैलाई आह्वान गरेका छन्
मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको सो योजनालाई सार्थक बनाउन सम्बन्धित सबै पक्षले साझा प्रयासको आवश्यकता औंल्याए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनाले सबै श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधार ल्याउने भएकाले यसको कार्यान्वयनमा सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
‘सरकारले अघि बढाएको सामाजिक सुरक्षाको योजनालाई सफल बनाउन सबैको साझा प्रयास हुन जरुरी छ,’ मन्त्री विष्टले भने ,‘आम नागरिकको जीवनमा सुधार ल्याउने यस्ता खालका कार्यक्रममा सरकारलाई साथ दिनु सम्बन्धित सबै पक्षको दायित्व पनि हो ।’
मन्त्री विष्टले सबै नागरिकलाई पेन्सन दिने गरी सुरु गरिएको यो योजना सफल पार्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए ।
गत श्रावण १ गतेबाट कार्यान्वयनमा ल्याइएको सामाजिक सुरक्षा योजनामा करिव १३ करोड निक्षेप संकलन भएको छ । त्यसैगरी १ लाख १० हजार योगदानकर्ताहरुले त्यस योजनामा सहभागिता जनाएको पनि सामाजिक सुरक्षा कोषको तथ्यांकमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको आत्मसम्मान उच्च बनाउन संघर्ष गर्छौँ : राजेन्द्र महतो
-
खेती लगाउन गोरु पाल्दा सरकारले दियो अनुदान, किसान दङ्ग
-
सरकार-शिक्षकबिच ९ बुँदे सहमति : राहत शिक्षकले गरे स्वागत
-
राप्रपामा आबद्ध मुस्लिम समुदायका ताहिर अली भन्छन्- नेपाल हिन्दुराष्ट्र हुनुपर्छ
-
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ अस्पताल भर्ना
-
जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित