सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साझा प्रयास आवश्यक : मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले लागू गरेको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन साथ दिन सबैलाई आह्वान गरेका छन्
मन्त्री विष्टले नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ लागू गरिएको सो योजनालाई सार्थक बनाउन सम्बन्धित सबै पक्षले साझा प्रयासको आवश्यकता औंल्याए ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षा योजनाले सबै श्रमिकहरुको जोखिमपूर्ण जीवनमा सुधार ल्याउने भएकाले यसको कार्यान्वयनमा सबै पक्ष अग्रसर हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
‘सरकारले अघि बढाएको सामाजिक सुरक्षाको योजनालाई सफल बनाउन सबैको साझा प्रयास हुन जरुरी छ,’ मन्त्री विष्टले भने ,‘आम नागरिकको जीवनमा सुधार ल्याउने यस्ता खालका कार्यक्रममा सरकारलाई साथ दिनु सम्बन्धित सबै पक्षको दायित्व पनि हो ।’
मन्त्री विष्टले सबै नागरिकलाई पेन्सन दिने गरी सुरु गरिएको यो योजना सफल पार्न सरकारले सक्दो पहल गरिरहेको पनि बताए ।
गत श्रावण १ गतेबाट कार्यान्वयनमा ल्याइएको सामाजिक सुरक्षा योजनामा करिव १३ करोड निक्षेप संकलन भएको छ । त्यसैगरी १ लाख १० हजार योगदानकर्ताहरुले त्यस योजनामा सहभागिता जनाएको पनि सामाजिक सुरक्षा कोषको तथ्यांकमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण