अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त
शनिबार, ३० कात्तिक २०७६, २२ : १५
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जङ्गली हात्तीको आक्रमणबाट चितवनका बाबुराम पौडेल र राजु पौडेलको मृत्यु भएको खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन् ।
उनले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । जङ्गली हात्तीको आक्रमणबाट आज चितवनको माडी नगरपालिका–१ बरुवाका ६५ वर्षीय बाबुराम र उनका ३५ वर्षीय छोरा राजुको मृत्यु भएको थियो । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रहसमेत गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट पटकपटक भइरहेको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका घटना दोहोरिन नदिन र जनताको जनधनको सुरक्षा गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण