नेपाल घुम्न आएका ५ विदेशी पर्यटक भारतीय प्रहरीको फन्दामा
आइतबार, ०१ मङ्सिर २०७६, २१ : ५३
काठमाडौँ । झापाको सीमा क्षेत्रबाट नेपाल घुम्न आएका ५ जना विदेशी पर्यटकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ पुरुष र २ महिला रहेका छन् ।
झापाको कचनकवल गाउँपालिकास्थित सीमा क्षेत्र केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेका युक्रेनी नागरिकहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३० वर्षीया मार्याना रुडिक, ३३ वर्षीय भोल्डिमेयर कोभाल्चुक, ३५ वर्षीया लिलिया कोभाल्चुक, ३५ वर्षीय ओलेक्जन्डर कोप्टिभ र २६ वर्षीय इभान सेच रहेका छन् ।
बाटो बिराएर नेपालको सीमा बाहिर पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर स्थानीय सुखानी थानामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका ५ जना १५ दिने भीषामा एकसाता अघि नेपाल आएका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण