महिलामाथि डोजर चलाउने चालक पूर्पक्षको लागि जेल चलान
आइतबार, ०१ मङ्सिर २०७६, २२ : ३४
बैतडी- बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका क्रममा महिलामाथि डोजर चलाउने चालक किशोर बोहरा पूर्पक्षका लागि जेल चलान भएका छन् ।
बैतडी जिल्ला अदालतका जिल्ला न्यायधीश ईश्वरीप्रसाद भण्डारीको एकल इजलासले चालक बोहरालाई आइतबार पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।
त्यस्तै चालक बोहरालाई महिलामाथि डोजर चलाउन उक्साउने डोजर मालिक भानी जोशी, स्थानीय भोजराज जोशी र धर्मानन्द जोशीलाई जनही ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
गत कात्तिक ४ गते सडक निर्माण गर्ने क्रममा स्थानीय गौरी जोशीलाई डोजरले पेलेको थियो । लगत्तै डोजरले पेल्ने चालक किशोर बोहरालाई प्रहरीले पक्राउ गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे
-
१६ महिनामा देशको प्रतिष्ठा बढाउने मानक कायम भएको छ : प्रधानमन्त्री
-
व्यावसायिक खुवा उत्पादनबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार
-
दर्ता भएका विधेयक छिटो पार लगाउन नसक्नुमा सांसदको पनि दोष छ : धनराज गुरुङ
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
-
सुदूरपश्चिममा एमालेको अडानपछि प्रदेशसभा बैठक अनिश्चित