उपकुलपतिको सिफारिस १९ गतेभित्र
उपकुलपति रिक्त रहेका विश्वविद्यालयहरूका लागि यही मङ्सिर १९ गतेभित्र व्यक्ति सिफारिस गरिने भएको छ । पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वन, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पोखरा विश्वविद्यालयमा उपकुलपति रिक्त छन् भने नेपाल संस्कृत विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पद रिक्त छ ।
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्नुहुने सदस्य डा. उषा झाले मङ्सिर १९ गतेभित्रमा पदाधिकारी नियुक्तिका लागि हरेक विश्वविद्यालयका लागि तीन, तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसक्ने जानकारी दिइन् । प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था छ ।
डा. झा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति सिफारिस समितिका संयोजक तथा पूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति सिफारिस समितिका सदस्य छिन् । नेपालको विश्वविद्यालयको इतिहासमै पहिलो पटक उपकुलपति र सेवा आयोगको अध्यक्षका लागि रोस्टर तयार गर्न लागिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण