९९ औँ गोल गरेपछि रोनाल्डोले भने, ‘अब सर्वाधिक गोलको किर्तिमान तोड्छु’
युरो २०२० को छनौट खेलमा लक्जम्बर्गबिरुद्ध २–० को जीत निकाल्ने क्रममा क्रिस्टियानो रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय करियरको ९९ औँ गोल गरे । जीतसँगै पोर्चुगलले युरोपियन च्याम्पियनसीपमा समूह बीबाट आफ्नो स्थान पक्का गरेको छ ।
जीतपछि रोनाल्डोले अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक गोलको किर्तिमान तोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो वर्ष पोर्चुगलका लागि १४ गोल गरेका रोनाल्डो अली देइको १०९ गोलको किर्तिमानभन्दा अब मात्र १० गोलले टाढा रहेका छन् ।
सबै किर्तिमान तोडिनुपर्छ र यो किर्तिमान म तोड्छु,’ रोनाल्डोले भने ।
रोनाल्डोले खेलको ८६ औँ मिनेटमा गोल गर्दै आफ्नो ९९ औँ गोल पूरा गरेका थिए ।
अब रोनाल्डोले अन्तर्राष्ट्रिय खेलहरुमा १ सयौँ गोल गर्ने दोस्रो खेलाडी बन्न अब मार्चको अन्तर्राष्ट्रिय ब्रेकसम्म पर्खनुपर्छ ।
गत बिहीबार मात्र लिथुयानयाविरुद्धको खेलमा युभेन्टसका फरवार्डले अन्तर्राष्ट्रिय खेलहरुमा नवौँ ह्याट्रिक पूरा गरेका थिए ।
युभेन्टसका लागि खेलिएका पछिल्ला दुई खेलमा सब्सिटिट्युट गरिएका रोनाल्डो आफू शत प्रतिशत फिट नभएको बताए ।
‘म शतप्रशित फिट थिइन, अहिले पनि छैन,’ उनले भने, ‘पछिल्लो तीन हप्ता मैले आफ्नो क्षमताभन्दा कम प्रदर्शन गरिरहेको छु ।’
‘तर देश र क्लबका लागि त्याग गर्ने कुरा हुन्छ, म गर्वका साथ त्यो गर्न तयार छु,’ उनले भने ।
जीतका बावजुद साबिक विजेता पोर्चुगल समूह बीको दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बनेको छ । समूहबाट युक्रेन विजेता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण