विप्लव समूह निकटका पत्रकार चन्दा असुलेको आरोपमा पक्राउ
सोमबार, ०२ मङ्सिर २०७६, १६ : ३९
काठमाडौँ । विप्लव समूह निकटका एक पत्रकारलाई प्रहरीले चन्दा असुलेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका प्रह्लाद न्यौपाने रहेका छन् ।
चन्दा माग्दै गरेको अवस्थामा उनीलाई एक हप्ताअघि मुड्खुबाट रङ्गेहात पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बालनर सिंह राणाले बताए ।
डीएसपी राणाले भने, ‘मुड्खुस्थित एक घरमा प्रल्हादले धम्क्याउँदै चन्दा मागिरहेका थिए । सोही क्रममा प्रह्लाद र रामचन्द्र न्यौपाने समेतलाई नियन्त्रणमा लिइएको हो ।’
रामचन्द्रलाई भने सामान्य सोधपुछपश्चात छाडिएको डीएसपी राणाले बताए । उनीहरु दाजुभाइ रहेको खुल्न आएको प्रहरीको भनाइ छ ।
यता प्रल्हादमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण