भारतका यी तीन अभिनेत्रीका लागि किन विशेष छ आजको दिन ?
बलिउडको नजरले हेर्ने हो भने १९ नोभेम्बर अर्थात् आजको दिन निकै महत्वपूर्ण छ । किनभने आजको दिन बलिउडका तीन अभिनेत्रीका लागि विशेष छ ।
आजकै दिन २५ वर्ष अघि ऐश्वर्या रायले विश्व सुन्दरीको उपाधि जितेकी थिइन् भने नोभेम्बर १९ तारिखमा बलिउड नायिका सुष्मिता सेन र जिनत अमानको जन्मदिन पनि हो ।
सन् १९९४ मा ऐश्वर्याले दक्षिण अफ्रिकामा भएको विश्व सुन्दरी प्रतियोगितामा विश्व सुन्दरीको उपाधि जितेकी थिइन् ।
यस्तै आज बलिउड नायिका सुष्मिता सेनको पनि जन्मदिन हो । सुष्मिताको जन्म सन् १९७५ मा बंगाली बैद्य परिवारमा हैदराबादमा भएको थियो । सुष्मिताका पिता इन्डियन एयरफोर्समा विंग कमान्डर थिए यस्तै आमा गहना डिजाइनर ।
यस्तै, सुष्मिता सेनले सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेकी थिइन् । त्यसपछि उनले थुप्रै बलिउडका हिट फिल्ममा पनि काम गरिन् । अहिले उनी आफ्नो व्यक्तिगत जीवनमा ध्यान दिइरहेकी छिन् ।
यस्तै, बलिउड नायिका जिनत अमानको जन्म पनि आजकै दिन सन् १९५१ मा बम्बेमा भएको थियो । जिनत आमानले पत्रकारको रुपमा आफ्नो करियरको सुरुवात गरेकी थिइन् ।
त्यसपछि जिनत अमानले सन् १९७० मा फिल्म ‘द एविल विदइन’ बाट आफ्नो एक्टिङ करियर सुरु गरेकी थिइन् । यो फिल्ममा उनीसँग देवानन्द थिए । त्यसपछि उनलाई विनोद खन्ना, अमिताभ बच्चनजस्ता चर्चित नायकसँग देखियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण