प्रकाशलाई श्रद्धाञ्जली दिन नेता कार्यकर्ता खुमलटारमा
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको आज दुई वर्ष पुगेको छ । २०७४ साल मङ्सिर ३ गते दाहालको हृदयघातबाट निधन भएको थियो ।
स्वर्गीय दाहाललाई स्मरण गर्न नेकपाका नेता तथा कार्यकर्ताहरु खुमलटारस्थित प्रचण्ड निवास खुमलटार पुगेर दाहालको फोटोमा माल्यार्पण गरेका हुन् । खुमलटार पुगेका नेता कार्यकर्ताहरुले स्वर्गीय प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाएका छन् ।
श्रद्धाञ्जली सभाका लागि औपचारिक कार्यक्रम भने नराखिएको प्रचण्डको सचिवालयले जनाएको छ । ‘कुनै औपचारिक कार्यक्रम राखिएको छैन । तर अनौपचारिक रुपमा फोटोमा माल्यार्पण गर्न तथा स्वर्गीय दाहाललाई स्मरण गर्न नेता कार्यकर्ता बिहानैबाट खुमलटार आउनुभएको छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पल शाहको स्पष्टीकरण : ‘पुजार सार्की’मा छोटो भएपनि महत्त्वपूर्ण भूमिका छ
-
उपेन्द्र यादवको लागि अदालतको ढोका खुला छ : राई
-
किन फुट्यो जसपा नेपाल ? यस्ता छन् अशोक राई पक्षको तीन तर्क
-
ललितपुरमा बसबाट खसेर बालिकाको मृत्यु
-
के छ केदार कार्कीले दर्ता गरेको रिटमा ? (पूर्णपाठ)
-
गठबन्धन फेर्ने गतिविधि ‘अन्डरकरेन्ट’ रूपमा चलिरहेको थियो : अध्यक्ष राई