प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको आग्रह : फेक न्युज नदिनुस्
काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारका कामकारवाही र प्रधानमन्त्रीको सवास्थ्यका बारेमा ‘फेक’ र अतिरञ्जित समाचारहरु प्रकाशन तथा प्रसारण भइरहेको भन्दै सत्यतथ्यमा आधारित समाचारमात्रै प्रकासन तथा प्रशारण गरेर सञ्चारमाध्यम र सञ्चारकर्मीप्रतिको विश्वास जित्न आग्रह गरेका छन् ।
‘फेक न्युजहरु बढी आइरहेका छन्, अतिरञ्जना फैलाउने खालका समाचारहरु धेरै आइरहेका छन् । यसले राम्रो सन्देश गएको छैन,’ मङ्गलबारबाट औपचारिक रुपमा सल्लाहकारको जिम्मेवारी सम्हालेको घोषणा गर्दै थापाले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्योपचार डाक्टरले गर्ने हो, मन्त्रीहरु प्रधानमन्त्रीले नियुक्त गर्ने हो तर यहाँ यी सबै काम सञ्चारमाध्यमले गरिरहेका छन् ।’
त्यस्तै उनले सञ्चारमाध्यमहरुले राज्यसत्ता र सरकार एउटै भएजसरी समाचार दिने गरेको भन्दै यी दुई विषयलाई छुट्टाछुट्टै रुपमा बुझ्न पनि आग्रह गरे । उनले प्रधानमन्त्रीसँग जोडिएका आवश्यक सूचना सञ्चारकर्मीहरुलाई सहजै र छिटो सम्प्रेषण गर्ने प्रतिबद्धता जानए ।
सल्लाहकार थापाले प्रधानमन्त्रीका काम जनताका माझमा पुर्याउन तथा प्रधानमन्त्रीको देश बनाउने संकल्पलाई सहयोग गर्न आफू समर्पित भएको भन्दै त्यसका लागि सञ्चारजगतसँग जस्तोसुकै बेलामा पनि सम्पर्कमा रहिरहने घोषणा गरे ।
उनले सरकार र राज्यसत्ता भिन्नभिन्न भएको भन्दै गलत र खराब कामलाई प्रेस जगतले खबरदारी गर्नु जायज भएपनि राम्रा कामका बारेमा पनि सञ्चारमाध्यमको ध्यान पुग्नुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण