शरद ऋतुको आरोहण : १२०० आरोही हिमालमा
काठमाडौं– सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका हुन् । आरोहण अनुमति लिएका अधिकांश आरोही गन्तव्यतर्फ लागेका छन् । यो याममा सगरमाथाको आरोहण हुन सकेन । शरद ऋतुको यो याममा दुई आरोही समूहका १० जनाले सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएकामा असफल भएको विभागले जनाएको छ ।
मनास्लु हिमाल आरोहण सकिएको छ भने अहिले अमादब्लम हिमालको आरोहण चलिरहेको विभागले जनाएको छ । कति सङ्ख्यामा आरोही गन्तव्यमा पुगे भन्नेबारे यकिन विवरण आइनसकेको विभागले जनाएको छ । विभागका निर्देशक मीरा आचार्यले शरद ऋतुको यो याममा पनि हिमाल आरोहण उत्साहबद्र्धक रहेको बताए । ‘अटम सिजन’ नोभेम्बर महिनाभर हुने भएकाले अझै आरोहीको सङ्ख्या बढ्नसक्ने उनले बताए ।
यो याममा विभिन्न हिमाल तथा हिमशृङ्खला आरोहणका ५९ देशका आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लम हिमाल आरोहणका लागि २६ समूहका ३०१ ले आरोहण अनुमति लिएका छन् । शरद ऋतुको हिमाल आरोहणका लागि हालसम्म रु ६ करोड ३१ लाख ७१ हजार राजश्व सङ्कलन भएको विभागले जनाएको छ । Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
-
कांग्रेसले भन्यो– सभामुख पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत भए
-
राइटपाथले ललितपुरको कुमारीपाटीमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने
-
सामसङले नेपालमा ल्यायो ग्यालेक्सी एम १५ ५जी
-
राष्ट्रियसभालाई समस्या समाधानको थलोका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष दाहाल
-
दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै