कुवेतसँग नेपाल पराजित
काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भयो । कुवेतको जितमा कप्तान बदर अलमतवाले निर्णायक गोल गरे । बदरले २८ औं मिनेटमा गोल गरे ।
दशरथ रंगशालाको मैदान निर्माणले पूर्णता नपाएका कारण नेपालले न्युटल भेन्युको रुपमा भुटानमा घरेलु खेल खेलेको हो । नेपालले कुवेतविरुद्ध केही गोल गर्ने अवसर गुमाएको थियो । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् । नेपालले यसअघि चारवटै खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० गोलले हराएको थियो ।
नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो । छनोट अन्तर्गत नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण