बेल्जियमको गोल वर्षा
एजेन्सी । सन् २०२० को युरोकपमा स्थान बनाइसकेको बेल्जियमले समूह चरणको अन्तिम खेलमा साइप्रसमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई ६–१ गोलले हरायो ।
बेल्जियमको जितमा क्रिस्टियन बेन्टेकेले १६ औँ र ६८ औँ तथा केभिन डि ब्रुयनले ३६ औँ र ४१ औँ मिनेटमा दुई दुई गोल गरे । यानिक कारास्कोले ४४ औँ मिनेटमा एक गोल गरेका थिए । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । साइप्रसका निकोलस नोलयले १४ औँ मिनेटमा गोल गरेका थिए । युरोकप छनोटको समूह ‘आई’ मा रहेको बेल्जियमले शतप्रतिशत जित निकाल्दै छनोट यात्रा तय गरेको हो ।
जितसँगै बेल्जियमले १० खेलबाट ३० अंक बनायो । यस समूहबाट उपविजेता बन्दै रुसले पनि युरोकपमा स्थान बनाएको छ । मङ्गलबार राति भएको खेलमा रुसले सान मारिनोलाई ५–० गोलले हरायो । जितसँगै रुसले १० खेलबाद्ध २४ अङ्क बनायो । यही समूहको अर्को खेलमा स्कटल्यान्डले काजकस्तानलाई ३–१ गोलले हराउँदै युरोकप छनोटको सुखद् अन्य गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण