बझाङमा ५.७ रेक्टरको भूकम्प : घर चर्किए, मानवीय क्षति भएन
सम्राट सिंह
बझाङ । मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन् ।
भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन् ।
यता, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए । उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए ।
‘भूकम्पले धेरै नै हल्लाएको थियो तर धन्न कुनै अप्रिय खबर आएको छैन,’ उनले भने ।
धेरै पुराना घर भएकाले भूकम्प आउँदा घर चर्केको हुनसक्ने उनको भनाइ छ ।
भूकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसित भएका थिए । अन्य ठाउँमा भूकम्पले कति क्षति गर्यो भन्ने विवरण भने आएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता नयाँ दिल्लीसहित उत्तर भारतसम्म महसुस गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण