बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङमा ५.७ रेक्टरको भूकम्प : घर चर्किए, मानवीय क्षति भएन

बुधबार, ०४ मङ्सिर २०७६, १० : ५६
बुधबार, ०४ मङ्सिर २०७६

सम्राट सिंह

बझाङ । मङ्गलबार राति ७ बजेर १६ मिनेटमा बझाङको खप्तड छान्ना गाउँपालिकाको पौवागडीलाई केन्द्रबिन्दु बनाएर ५.७ रेक्टरको भुकम्पले २ वटा घर चर्किएका छन् ।

भूकम्पले खप्तड छान्ना गाउँपालिका अन्र्तगत पौवागडीमा भोजराज जोशी र सोही ठाउँका तुलाराम थापाको घर चर्किएको र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताएका हुन् ।

यता, प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गाउँपालिकामा एउटा पूरानो गोठ भत्केको खबर आएको जानकारी दिए । उनले पनि हालसम्म कुनै अप्रिय घटनाको सूचना नआएको जानकारी दिए ।

‘भूकम्पले धेरै नै हल्लाएको थियो तर धन्न कुनै अप्रिय खबर आएको छैन,’ उनले भने ।

धेरै पुराना घर भएकाले भूकम्प आउँदा घर चर्केको हुनसक्ने उनको भनाइ छ ।

भूकम्पले हल्लाउन थालेपछि जिल्लाबासी त्रसित भएका थिए । अन्य ठाउँमा भूकम्पले कति क्षति गर्यो भन्ने विवरण भने आएको छैन ।

भारतीय सञ्चारमाध्यमका अनुसार भूकम्पको तीव्रता नयाँ दिल्लीसहित उत्तर भारतसम्म महसुस गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप