राष्ट्रपतिलाई भेट्न पुगे ओली–प्रचण्ड
बुधबार, ०४ मङ्सिर २०७६, ११ : १६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति भण्डारीसँग ओली र प्रचण्डले भेट गरेको जानकारी दिए ।
मन्त्रिपरिषद् पुनर्गठनको तयारीसँगै बुधबार केहिबेरअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेटेका हुन् ।
बालुवाटारमा भेटवार्तापछि दुई नेता शीतलनिवास गएका थिए ।
प्रधानमन्त्री ओलीले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरबारे ब्रिफिङ गरेका थिए ।
उनले मन्त्रीहरुलाई आफूले आज केही निर्णय लिने जानकारी गराउँदै कुनैपनि औपचारिक कार्यक्रम नराख्न आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण