उपसभामुखले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार
काठमाडौं– उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ ।
बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको सपथ लिन आग्रह गरेका थिए ।
तर ओलीको प्रस्ताव तुम्बाहाम्फेले अस्वीकार गर्दै निर्वाचित पदाधिकारी हुँदाहुँदै संसद खाली गर्नुनहुने जवाफ दिएकी थिइन् । प्रधानमन्त्रीसँगको छलफलमा उनले जनप्रतिनिधि भएको अवस्थामा संसदको नेतृत्व नै खाली गर्नु उचित नहुने भन्दै विकल्पमा जान सुझाएकी थिइन् ।
आफूलाई मन्त्री बन्न प्रस्ताव आएको स्वीकार गर्दै उनले रातोपाटीसँग भनिन् ‘म आज मन्त्रीको सपथ लिन्नँ, यत्ति कुरा बुझ्नुहोस् ।’
प्रधानमन्त्री केपी ओली उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर उनको स्थानमा अरु नेतालाई ल्याउने मनस्थितिमा रहेका थिए । तर उनले उपसभामुखबाट राजीनामा नदिने अडान राखेपछि ओली अफ्ठ्याराेमा परेका छन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि दुव्र्यवहार प्रकरणमा मुछिएपछि उनले सभामुखमा दाबी गर्दै आएकी थिइन् । उनको दाबीलाई सत्तारुढ नेकपाको नेतृत्वले स्वीकार गर्न सकिरहेको थिएन ।
उपसभामुख नछाड्ने अडान लिएकी उनलाई नेकपा नेतृत्वले फकाउने प्रयास भने जारी राखेको छ ।
तुम्बाहाम्फेले संघीय संसददेखि प्रदेश संसदसम्ममा महिलालाई उपसभामुखमा सिमित गरिएकाले आफूले सभामुख हुन पाउनुपर्ने जिकिर गर्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण