इन्धनको मूल्य यथावत
काठमाडौं । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि सर्वसाधारणको हितलाई मध्यनजर राख्दै मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
गत कात्तिक ३० गते इण्डियन आयल कर्पोरेशन (आइओसी) ले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ६५ पैसा वृद्धि भएर आएको छ भने डिजेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । आइओसीले प्रत्येक १५/१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउने गरेको छ । सोही मूल्यलाई आधार मानेर निगमले मूल्य समायोजन गर्दै आएको थियो ।
अहिले काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा, हवाई इन्धन (बाह्य) प्रतिलिटर १ अमेरिकी डलर तथा एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३५० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण