मातृका यादवले मन्त्रीक्वार्टर छाडे, सुरक्षाकर्मी भने फर्किन मानेनन्
काठमाडौं । उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रीबाट विदाई भएको औपचारिक घोषणा हुनु अघिनै मातृका यादवले मन्त्री क्वाटर छाडेका छन् । यादव बुधबार अपरान्ह भक्तपुरको ठिमीस्थित चारदोबाटोमा सरेका हुन् । उनले सरकारले उपलव्ध गराएको गाडी समेत छाडेका छन् ।
मन्त्री क्वार्टर छाडेर चारदोबाटोमा बस्न थालेपनि सुरक्षाकर्मीले भने उनलाई सुरक्षा दिइरहेको जनाइएको छ । यादवले सुरक्षाकर्मीलाई समेत फिर्ता गर्न चाहेका थिए तर सेनाले माथिबाट निर्देशन नआएसम्म साथ छाड्न नमिल्ने भनेपछि सुरक्षाकमीहरु भने सँगै रहेको जनाइएको छ । यादवको प्रधानमन्त्री ओलीसँग पहिलादेखि टसल चलिरहेको थियो ।
प्रधानमन्त्री ओलीसँग टसल बढेपछि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने पहिलादेखि नै सरकार छाड्ने चेतावनी दिँदै आएका थिए तर प्रचण्डले उनलाई रोक्दै आएका थिए । बुधबार साँझ प्रधानमन्त्री ओलीले उनी लगायत केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण