पाल्पाको भूतखोलामा मानव कङ्काल फेला
पाल्पा– पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडानम्बर ३ भूतखोला माथिको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बिहीबार बिहान बेवारिसे अवस्थामा मानव कङ्काल स्थानीयले देखेपछि दोभान प्रहरी चौकीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार खप्पर, हातखुट्टा र करङसहितको शरीरका विभिन्न भागका हड्डीहरू अप्ठ्यारो ठाउँमा मानव कंकाल भेटिएको हो । त्यसको केहि माथि रूखमा सर्ट अर्थात् कमिज बाँधिएको अवस्था भेटिएको छ । सर्टमा झुण्डिएको र कुहिएपछि तल झरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
घटनास्थलमा एउटा झोलासमेत भेटिएको छ । झोलाभित्र रहेको रातो टिसर्टमा अनेरास्ववियू (क्रान्तीकारी) जिल्ला संगठन समिति पाल्पा लेखिएको छ । तर, पुरुष वा महिला कसको भन्ने समाचार तयार पार्दासम्म खुलेको छैन् । उक्त कंकाल जिल्ला अस्पताल पाल्पामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण